0 COMMENTS

काठमाडौँ१६जेष्ठ/ नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ । हिजो (बुधबार) राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।

प्रवक्ता गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो । बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ ।निगमका उपनिर्देशक विनित उपाध्यायले बजेटका कारण इन्धनको मूल्यमा वृद्धि भएको रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।