0 COMMENTS

विराटनगर १३बैशाख/ विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् ।

खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले जनाए पनि उनीहरुले आफूहरुलाई अलपत्र पारेको भन्दै कर्मचारीमाथि खनिएका हुन् ।अन्ततः बुद्ध एयरका कर्मचारीले ती यात्रुसँग सहमति गरेर शुक्रबार विहानको पहिलो फ्लाइटमै काठमाडौं पठाउने निर्णय गरेपछि विवाद सुल्झिएको थियो ।

बुद्ध एयरको शुक्रबार विहानको फ्लाइट १० बजेर १० मिनेटमा उड्ने कार्यतालिका रहेको छ । विराटनगरबाट विमान काठमाडौं आइपुग्न झण्डै ३० देख ३५ मिनेटको समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।