0 COMMENTS

वि.सं. २०७६ वैशाख १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अप्रिल २६ तारिख, वैशाख कृष्ण सप्तमी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, भोलिको चाडपर्व र उत्सव : गोरखकाली पूजा, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,

आजका लागि अशुभ समय :
राहु काल : बिहान १०:२५ देखि १२:०३ सम्म, यमघण्ट : दिउँसो ०३:१८ देखि ०४:५६ सम्म, गुलिक काल : बिहान ०७:०९ देखि ०८:४७ सम्म, रोग वारवेला : दिउँसो ०१:४० देखि ०३:१८ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो १२:०३ देखि ०१:४० सम्म, अमृत वारवेला : बिहान ०८:४७ देखि १०:२५ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । प्रयाससाध्य समय छ, संयम भई पूर्ण गर्नुहोला । प्राविधिक कामबाट ढिलो भए पनि सोचेजस्तो सफलता हात पर्नेछ । अध्ययन र चिन्तनमा ध्यान केन्द्रित हुन सक्दैन । नतिजाको पर्खाइमा हुनुहुन्छ भने निराश हुनुपर्छ, तर बन्दव्यापारमा फाइदा नै छ ।

शुभरङ्ग : कालो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास, के नगर्ने : अल्छीपन र अकर्मण्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम, के नगर्ने : अपमान

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । मनमा कताकता चिन्ता र शङ्का सिर्जना भए पनि आज उत्साहमा कमी हुन दिनुहुँदैन । तपाईंको रोकिएको काम बन्न सक्छ । उपलब्धीमूलक यात्राको योग छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : भगवान् महादेव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण, के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो, आज । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : राधाकृष्ण, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने, के नगर्ने : कामुकता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : विष्णु भगवान्, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने, के नगर्ने : मुद्दामामिला र झैझगडा

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ, आजको चिन्तनले थोरबहुत काम गर्नेछ । विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ ।

शुभरङ्ग : आकासे, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने, के नगर्ने : अहङ्कार

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् ।

शुभरङ्ग : कलेजी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : अष्टमातृका, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने, के नगर्ने : लोभ र मोह

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्नेछन्, तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक जोखिममा पर्न सकिन्छ, होस राख्नुहोला ।

शुभरङ्ग : हरियो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने, के नगर्ने : दुःखीको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ । उमङ्ग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे तापनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ ।

शुभरङ्ग : सेतो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने, के नगर्ने : फजुल खर्च

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमङ्ग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन–अध्यापन र पेसा÷व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । मन उत्सुक र आशावादी बन्नेछ । महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन्, तर इच्छा पूर्ण गर्न लगनशीलताका साथमा मिहिनेत गर्नु राम्रो हुनेछ । झिनामसिना र बेकामे वस्तुको किनमेलमा धनखर्च हुनेछ । नरमाइलो दिक्कलाग्दो यात्राको सम्भावना छ । समग्रमा दिन राम्रो नभए पनि कताकता कुनै कुराको कमी भएको महसुस हुनेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ ।

शुभरङ्ग : गुलाबी, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि चन्द्रमा बाह्रौं घरमा रहने हुँदा आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : खर्र्चमा नियन्त्रण, के नगर्ने : विलम्ब र ढिलासुस्ती

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बन्धुबान्धव र दाजुभाइको सल्लाहलाई बेवास्ता गर्नाले कामधन्धामा अवरोध हुनसक्छ । समाज र साथीभाइबाट सहयोग नै मिल्नेछ । जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन् । घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन । आम्दानी घट्ने छैन तर उठ्नुपर्ने रकममा विलम्ब हुनाले तनावको सिर्जना हुनेछ । जस पाउन गाह्रो छ ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी, के नगर्ने : अनुशासन भङ्ग

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।