0 COMMENTS

काठमाडौं०९बैशाख / गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।