0 COMMENTS

काठमाण्डाै०८बैशाख/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले अाज चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गण हे.क्वा. तथा अन्तर्गत सुरक्षा पोष्टहरुको निरीक्षण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै चितवन राष्ट्रिय निकुञ्जमा शुन्य चोरी शिकार अवधिको लगातार २ वर्ष सफलतापूर्वक सम्पन्न भएको अवसरमा  शुन्य चोरी शिकारका 2X365+ दिन को ब्यानर अनावरण गर्नु भई निकुञ्ज प्रशासन कार्यालय, अन्य संरक्षणमा आवद्ध संघ संस्था तथा स्थानीय जनतासँग समेत समन्वय र सहकार्य गर्दै प्रकृति संरक्षण कार्यमा सकलदर्जालाई अझ उत्प्रेरित भई उत्कृष्ट ढंगले कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

मिति २०७६ वैशाख ०७ गते प्रधानसेनापति  थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीद्वारा कर्णेल उजिरसिंह थापाको मूर्ति अनावरण एवं झण्डोत्तोलन कार्यक्रममा सहभागी  भई हिजो नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविरको निरिक्षण र कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा स्युराज पार्ककोअवलोकन तथा बृक्षारोपण समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।