0 COMMENTS

प्रतिभा भट्टराइ,०४बैशाख/  सम्पूर्ण जनताको खान पाउने अधिकारको सुनिश्चितता संविधान ले गरेको भएता पनि अनि खानपानमाप्रमुख भुमिका निर्वाह गर्ने पदार्थ पानी भएको हुँदाहुँदै पनि र पानीको स्रोत आफ्नो टोल नजिक रहेको हुँदा पनि पानीको वितरणमा मानिसहरूको स्वार्थी पनका कारण गोलढुंगा बासीले वर्षका धेरै महिना पानीको अभाव भोग्नु परेको ले तारकेश्वर नगरपालिकाको वडा नं ४ र ५ काे सिमानामा पर्ने घट्टे पाखामा गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति ले औपचारिक कार्यक्रमको आयोजना गरी खाने पानी मन्त्री बाट ट्याङ्की को शिलान्यास गराएको थियो।समितिले खाने पानी विभाग अन्तर्गतको सह लगानी आयोजना सँग मिलेर निर्माण गर्न लागिएको उक्त ट्याङ्की लागत ५० लाख रुपैयाँ रहेको छ भने क्षमता २ लाख २० हजार लिटर रहेको छ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा,काठमाडौं क्षेत्र नं ७ प्रदेश सभा २ का सांसद प्रकाश श्रेष्ठ, तारकेश्वर १ का वडा अध्यक्ष विदुर सापकाेटा,४ का नरेन्द्र दास श्रेष्ठ,५ का बासु प्रसाद गौतम तथा ८ का मनोज कुमार घिमिर लगायत अन्य विशिष्ट अतिथि हरुको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रमको सभापतित्व सीताराम रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथि विना मगर रहनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।