0 COMMENTS

काठमाण्डाै०४बैशाख/  नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य ताण्डब न्युज अनलाइन तथा साप्ताहिकका सम्पादक अर्जुन गिरि लाई समाचार लेखेकै भरमा पक्राउ गरि बिद्दुतिय काराेवार ऐन अन्तरगत मुद्दा चलाएर नियन्त्रणमा राखेको घटना प्रति नेपाल पत्रकार महासंघ लमजुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ अध्यक्ष अास गुरुङ द्वारा जारी ध्यानाकर्षण पत्रमा समाचार लेखेकै भरमा पक्राउ परेका अर्जुन गिरि लगाएतका पत्रकार हरुकाे बिनासर्त तत्कालै रिहाइ र पत्रकारको हात बाँध्ने मुख थुन्ने गरि ल्याईएकाे बिद्दुतिय काराेवार ऐनको दफा ४७ र ४८ काे खारेजी काे माग गरिएको छ उक्त ध्यानाकर्षण पत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङले अाज जिल्ला प्रशासन कार्यलय लमजुङमा बुझाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीन कुँइकेलले भ्रष्टाचारि , अपराधी , तस्करी , गुन्डागर्दी , ठगि अादि जस्ता जघन्य अपराधमा संलग्न लाई कार्वाही गर्नुपर्नेमा त्यस बिरुद्ध समाचार लेख्ने पत्रकार लाई कार्वाही गर्नुले सरकार प्रेस स्वतन्त्रता विरोधी रहेको बताउनुभयो । एउटा संचारकर्मिले अाफुले पालना गर्नुपर्ने नीति नियम र परिधिभित्र रहेर समाचार लेख्दा पक्राउ पर्नु गम्भीर बिषय भएकोले त्यस बिरुद्ध पत्रकार महासंघले थप अान्दोलन का कार्यक्रम तय गर्ने हुनाले समयमै गल्ती सच्याउन र पुर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार लाई अाग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले सरकार पुर्ण प्रेस स्वतन्त्रताकाे पक्षमा रहेको बताउनुभयो । बिना गल्ती काेहिपनि कार्वाहीमा पर्नु हुदैन भन्दै अाफुले सम्बन्धित मन्त्रालयलाई अाजै ध्यानाकर्षण पत्र बारे जानकारी गराउने र लमजुङमा भने त्यस्तो गतिविधि नहुने भन्दै पत्रकार हरु लाई बिस्वस्त पार्नुभयाे । ध्यानाकर्षण पत्र बुझाउन नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष , केन्द्रीय सदस्य, पुर्ब अध्यक्ष लगाएतका पदाधिकारी र विभिन्न संचार संस्था संग अावद्ध संचारकर्मि हरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।