0 COMMENTS

काठमाण्डाै, २०७५ चैत २८/ भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहकावीच सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीले ९ जना महिला, ५५ जना पुरुष, २ जना विदेशी र
११ जना पदिक/हुद्धा अधिकृत क्याडेट गरी जम्मा ७७ जना अधिकृत क्याडेटहरुलाई सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री ओलीले सि.सं.५७ अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने अधिकृत क्याडेट संजोक कार्की तथा सि.सं.४७ पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा प्रथम हुने अधिकृत क्याडेट द्रोणहरी राईलाई Sword of Honour सि.सं.५७ अधिकृत क्याडेट आधार तालिममा महिलातर्फ प्रथम हुने महिला अधिकृत क्याडेट संगिता अधिकारीलाई  Cane of Honour" र मित्रराष्ट्र माल्दिभ्सबाट सहभागी भएका अधिकृत क्याडेट हिसान अरीशलाई  Best International Officer Cadet" प्रदान गर्नु भएको थियो ।

 सो अवसरमा नव आयुक्त अधिकृतहरुलाई सम्बोधन गर्नु हुँदै सम्माननीय प्रधानमन्त्री ओलीले नेपाली सेना संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पुरा गर्न सक्षम एक बहुआयामिक संगठनको रुपमा विकसित भएको हुँदा नवनियुक्त अधिकृतहरुले सैनिक जिम्मेवारीहरु सैनिक आचरण, चेन अफ कमाण्ड र अनुशासनलाई ह्दयंगम गर्दै आफ्नो दायित्व प्रति सदैव सजग, सतर्क र कर्तब्यनिष्ठ रहने कुरामा आफू विश्वस्त रहेको बताउनु भयो । चौबीस (२४) महिनाको कठिन तथा निरन्तर अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरी सोही अवधिमा त्रिभुवन विश्व विद्यालयबाट स्नातक तहमा समेत दिक्षित हुनु भएकोमा दुवै सफलताको लागि बधाई दिनु भएको थियो ।

 उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नं.३ प्रदेशका प्रदेश प्रमुख, भक्तपुर जिल्लाका सांसद, प्रधानसेनापति, रक्षा सचिव, पूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्यदर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।