0 COMMENTS

 रमिला बस्नेत ,उदयपुर चैत २८ /दुईदिन अघि जेसिबीमा ठोकिएर मृत्यु भएको एक युवकका परिवारले ७ लाख पाउने भएको छ । त्रियुगा नगरपालिका ८ शाही खोलाका २२ बिमल सार्कीको परिवारलाई क्षतिपूर्ति स्वरुप ७ लाख रुपैयाँ प्रदान गरिने भएको हो ।

उदयपुरस्थित आँखा अस्पतालको नयाँ भवन निर्माणमा कार्यरत सार्कीलाई सडकमा जेसीबिले ठक्कर दिएको थियो । घटना लगतै गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिराटनगर लगीएपनि अस्पतालले मृतक घोषणा गरेको थियो ।

अस्पतालबाट सीधै लाशसहित जिल्ला प्रहरी कार्यालय पुगेका पीडित पक्ष र जेसीबि सञ्चालकबीचको छलफलमा पीडितलाई ७ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो । त्यसैगरी क्षतिपूर्तिसँगै मृतककी श्रीमति निर्मलालाई सोही अस्पताल सञ्चालनमा आएपछि जाँगीर व्यवस्था गर्नेसमेत सहमति भएपछि लाश दाहसंस्कार गरिएको पीडितले जनाएको छ ।

ठक्कर दिने जेसीवि सञ्चालक सुरेन्द्र भगत प्रहरी नियन्त्रणमा छन् । मृतक सार्कीको ५ वर्षीय प्रेम सार्की र १० महिनाका बालक आशिष गरी दुई सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।