0 COMMENTS

चितवन२२चैत्र/  चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १८ चनौलीमा एकै परिवारका तीनजनाले सामूहिक आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा आमा, छोरी र छोरा रहेका छन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेकले एकैठाउँमा सलको पासो लगाई आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ ।

छोराछोरीलाई पहिले झुण्ड्याएर आमा आफू पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासी तथा प्रहरीले आशंका गरेका छन् ।उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।सामूहिक आत्महत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।