0 COMMENTS

काठमाडौं१५चैत्र/ नेपाल सनातन धर्म संस्कृति संगठनले दौरासुरुवाल- गुन्युचोली राष्ट्रिय पोशाक बनाउन सरकारलाई दबाब दिने भएको छ ।

नेपाल सनातन धर्म संस्कृति सङ्गठनको बुधबार केन्द्रिय कार्यालय तिनकुने काठमाडौंमा बसेको बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान झल्काउने दौरा-सुरुवाल र गुन्युचोलीलाई राष्ट्रिय पोशाक बनाउन राज्यलाई दबाब दिने गरी निर्णय गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संगठनका प्रवक्ता आचार्य सुजन पराजुलीद्वारा जारी विज्ञप्तिमा सङ्गठनले गौवंशको रक्षार्थ र सनातन धर्ममा गाईको महत्व दर्शाउदै सनातन हिन्दु धर्म सापेक्ष संविधान बनाउने विभिन्न अभियान तथा आन्दोलनमा रथ तथा झाँकीको लागि गौमाताको पित्तल धातुले बनेको मूर्ति बनाऊने समेत निर्णय गरेको बताईएको छ ।

त्यसैगरी संगठनले पित्तलको गाई निर्माणार्थ संगठनका संयोजक र केन्द्रिय सदस्यहरु सहित दाताहरुबाट यथा सक्य नगद,जिन्सी र पित्तल सहयोग संकलन सुरु समेत गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।