0 COMMENTS

पोखरा १८फागुन/ निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा राख्न यहाँका पर्यटन व्यवसायीहरुले माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो विमानस्थललाई स्व अधिकारीको सम्झनामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग गरेको छ ।

परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता रहेको र उनकै पहलमा पोखरा विमानस्थलको निर्माण कार्यले गति लिएको भन्दै उनको सम्मानमा रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्नुपर्ने बताए ।

गत बुधबार (फागुन १५) का दिन विमानस्थल निर्माणसम्बन्धी कामले नै तेह्रथुमकाे चुहानडाँडा पुगेका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनको सम्मानमा पोखरा विमानस्थलको नामाकरण गर्न माग उठ्न थालेको हो ।

स्व अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन ठूलाे भूमिका खेलेकाे र संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको स्मरण गर्दै परिषदले उनको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएको छ ।न्युज २४ बाट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।