0 COMMENTS

सप्तरी१९फागुन/ सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। आइतबार बिहान करिब पौने जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलबाट ९ फिट तल खसेर ना ६ ख ३१८९ नम्बरको यात्रुबाहक बस दुर्घटनाभएको हो ।

जिल्लाको पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको सो बसमा चालकसहित २४ जना सवार रहेका थिए । दुर्घटनामा परी घाइते हुनेमा झापाका ९ जना, पाँचथरका २, सुनसरीका १ र सिन्धुलीका बस चालक घाइते भएका हुन् । घाइतेको महुलीस्थित सिटीकेयर अस्पताल र धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।घटनाबारे थप विवरणा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।