0 COMMENTS

काठमाडौँ, ५ फागुन /बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पु¥याउने क्रममा मृत्यु भएको थियो । राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।