0 COMMENTS

काठमाडौं०५फागुन/चेकजाँचका क्रममा प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६७७१ नम्बर र बा ३ ख ६५६८ नम्बरको टिपर चालक २३ वर्षीय ओमबहादुर कार्की र २४ वर्षीय लक्ष्य पन्त रहेका छन् । काठमाडौंको बल्खुमा प्रहरी चेकजाँचका क्रममा प्रहरीले कागजात माग्दा उनीहरुले कागजात नभएको भन्दै पाँच सय घुस दिन खोजेका थिए । पक्राउ परेका दुवै चालकलाई महानगरिय प्रहरी वृत कालीमाटीमार्फत कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।