0 COMMENTS

 उदयपुर०४ पुस ०७५/ उदयपुरको बेल्टार बाट १४ वर्षकै उमेरमा ह्यान्डबल खेलकाे माध्यम बाट अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल खेलाडी रमिला बस्नेत मिस स्टेट २०१८ विजयी भए पछि सम्मान लिन भ्याइनभ्याई भएको छ ।

उदयपुरको चाैदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित स्थायी बासिन्दा बस्नेतलाई लालि गुराँस बहुउद्देश्यीय सहकारीले अाफ्नाे १५ अाै साधारणसभा तथा वार्सिक उत्सवकाे अवसरमा मिस स्टेट विजयी रमिला बस्नेत सम्मानित भएकी हुन । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत बाट समेत राष्ट्रलाई पदक दिलाउने र नेपाल कै कान्छी खेलाडीकाे छवि समेत बनाउदै गृह जिल्ला उदयपुरको र नेपालकै नाम उच्च बनाएको भन्दै सम्मान गरिएको संस्थाका अध्यक्ष जमुना राईले बताउनु भएको हो । कार्यक्रममा चाैदण्डीगढीका मेयर खगेन्द्र राई अध्यक्ष जमुना राई लगाएत अतिथिको तर्फबाट फुलमाला दाेसल्ला र सम्मान पत्रसहित सम्मानित गरिएको हो ।

अन्तर्राष्ट्रिय खेलाडी तथा एक नम्बर प्रदेशको मिस स्टेट २०१८ बस्नेतले अाफुले खेलकुद संगै यो क्षेत्रमा बाट समेत धेरै कुरा सिक्ने अवसर पाएकाले निकट भविष्यमा नै गृह जिल्ला उदयपुर र एक नम्बर प्रदेशको लागि पर्यटनलाई प्रचारप्रसार गर्ने पहिलो प्राथमिकता रहने बताएकी हुन । बस्नेतले अाफुलाई यो स्थान सम्म पुग्न विभिन्न प्रकारको सहयोग गर्ने भाेट गर्ने र पत्रकारले समेत अाफुलाई सकारात्मक कलम चलाएको भन्दै प्रशंसा गर्दै धन्यवाद दिईन । कार्यक्रम लालिगुरास सहकारीको सभाहल बर्खेडाँडा भएको थियोे । कार्यक्रममा विभिन्न समाजसेवी बुद्धिजीवी राजनितीदल पत्रकार र स्थानीयवासीको वाक्लाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।