0 COMMENTS

काठमाडौँ, ४ पुस ०७५/ प्याकुरेल सेवा समाजले समाजसेवी हितबहादुर प्याकुरेललाई सम्मान गरेको छ । प्याकुरेलले नुवाकोट सूर्यगढी गाउँपालिकास्थित वागेश्वरी माविमा निःशुल्क १४ वर्ष गर्नुभएको सेवाको कदर गर्दै सो सम्मान गरिएको हो । पशुबलिका विरोधी उहाँ ब्रह्माकुमारी सेवा केन्द्रसँग पनि आबद्ध हुनुहुन्छ । यसैबीच मेचीमहाकाली जनसमन्वय दलका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका प्याकुरेलले पूर्वप्रधानमन्त्री स्व डा तुलसी गिरीप्रति श्रद्धाञ्जलि पनि व्यक्त गर्नुभएको छ ।

प्याकुरेलले नुवाकोट, रसुवा, काठमाडौँलगायत क्षेत्रमा सात मन्दिर समेत बनाइसक्नुभएको छ । विद्यालयको प्रधानाध्यापक हुँदा विसं २०२४ मा प्याकुरेलको अगुवाइमा नुवाकोटदेखि बागीश्वरी हुँदै ओख्रे, उर्लेसम्म चल्ने मोटरबाटाको समेत निर्माण भएको थियो । बागीश्वरी चोकमा उहाँले बनाउनुभएको बाआमाका नाममा भीमलीला स्मृति सङ्ग्रहालय पनि निर्माणका क्रममा छ । सङ्ग्रहालयभित्र ब्रह्माबाबाको मन्दिर, गणेश मन्दिर र राधाकृष्ण मन्दिर छन् भने पुराना ऐतिहासिक तथा धार्मिक पुस्तक राख्ने उहाँको योजना छ । उक्त सङ्ग्रहालयका लागि प्याकुरेलले रु एक करोड लगानी गर्नुभएको छ ।सङ्ग्रहालयमार्फत उक्त क्षेत्रका मानिसलाई धर्मका बारेमा जानकारी दिनाका साथै आन्तरिक पर्यटनको प्रवद्र्धन गराउने उद्देश्य समेत रहेको उहाँ बताउनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।