0 COMMENTS

मिलन चाम्लिङ, धरान १६मंसिर०७५/धरानमा शनिबार आयोजित प्रदेश १ स्तरीय सुन्दरी प्रतियोगिता ‘मिस स्टेट १’को ताज उदयपुरकी रमिला बस्नेतले पहिरिएकी छिन् । चौदण्डीगढी नगरपालिका बेल्टारकी उनले मिस एसएमएस भोटिङको सवटाइटल पनि जितिन् । उनले २०१८ को उपाधिसँगै क्राउनसंगै स्टेजमै सुजुकी ब्राण्डको कालो रङ्गको स्कुटर र अवार्ड प्राप्त गरिन् ।

बागिना कला केन्द्र धरानले आयोजना गरेको प्रतियोगितामा उनले सो ताज पहिरिएकी हुन् । मोरङकी प्रज्ञा गिरी फस्ट रनर अप घोषित हुँदै ५० हजार नगद, क्राउन र अवार्ड पाइन् । उनी विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्ययनरत् छिन् । ताप्लेजुङबाट सहभागी हुन आएकी निशा गुरुङले सेकेन्ड रनर अपको उपाधि हात पारिन् । उनले २५ हजार नगद, क्राउन र अवार्ड पाइन् । उनी धरानस्थित एम्स एकेडेमीमा अध्ययनरत् छिन् ।

सव टाइटलको उपाधिअन्तर्गत मिस ट्यालेन्ट र हिमालयन ग्रिन मिस वेष्ट फिगरको उपाधि सुनसरीकी प्रदिपा राईले हात पारिन् भने ह्वाइट मिस पर्सनालिटी मिस चार्मिङको उपाधि ताप्लेजुङकी निशा गुरुङले हात पारिन् । मनकामना बुक्स मिस डिसिप्लिनको उपाधि तेह्रथुमकी नमिता लिम्बूले हात पारिन् भने मनकामना गु्रप मिस एक्टिभको उपाधि विराटनगरकी प्रज्ञा गिरीले हात पारिन् । मिस पब्लिक च्वाइस धनकुटाकी श्रीषा याम्फु राई, मिस पङचुअल भोजपुरकी अस्मिता राई, मिस क्वाटवर्क धरान सुनसरीकी सुनिता शर्मा घोषित भइन् । मिस वेष्ट हेयर सुनसरीकी रेश्मा राई, मिस वेष्ट इस्माइल धनकुटाकी किनजल याक्खा, मिस फोटोजेनिक तेह्रथुमकी रेन्सा लिम्बू बनिन् । फाइनलमा १३ जना युवतीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।