0 COMMENTS

मिलन चाम्लिङ ,धरान,१६मंसि /पाँचथर माङ्सेबुङ गाउँपालिकामा ५ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा स्थानीय सरकारले मान्यता दिए पछी सरकारको निर्णयलाई स्वागत गर्दै लिम्बू विद्यार्थी मन्च सुनसरी र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले संयुक्त रुपमा धरान स्थित भानुचोकमा दिप प्रज्वलन गरेको छन । विद्यार्थी सहितको भेलाले मैनबत्ती बालेर स्थानीय सरकारको निर्णयलाई स्वागत गरेको कुरा लिम्बू विद्यार्थी मन्चका केन्द्रिय सदस्य एबम महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सागर लिम्बुले जानकारी दिए ।

दिप प्रज्वलनम बोल्दै नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ सुनसरीका अध्यक्ष बुद्रोस लिम्बुले महेन्द्र राजाको एक भाषा एक नितिलाई तोडिदै गएको भन्दै लिम्बु भाषा मात्र नभएर अन्य आदिवासी जनजातिको भाषालाई पनि सबै स्थानीय तहले सरकारी मान्यता दिनुपर्ने माग गरे ।

दिप प्रज्वलनमा लिम्बू विद्यार्थी मन्चका जिल्ला सदस्य हरि इवाहाङले पनि सम्बोधन गर्दै सबै मातृ भाषालाई सरकारी कामकाजिको भाषा बनाउपर्ने भन्दै इलामको माङ्सेबुङको ५ नम्बर वडामा भएको लिम्बू भाषा सरकारी कामकाजिको भाषा भएकोमा स्वागत योग्य भएको बताए ।दिप प्रज्वलन कार्यक्रममा लिम्बू विद्यार्थी मंच तथा नेपाल आदिवासी जनजाति महासंघका विद्यार्थीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।