0 COMMENTS

रमेश बुढाथाेकी, इलाम०५मंसिर०७५/ परम्परादेखि प्रत्येक बर्स कार्तिक शुक्ल पुर्णिमाको अवसरमा माङ्सेबुङ गाउपालिका -१ गजुरमुखि धाममा लाग्दै आएको धार्मिक मेला यस बर्ष पनि आगामि मङ्सिर ६ देखि ८ गते सम्म लाग्ने भएको छ।मेला लाइ शान्तिपुण रुपमा सम्पन्न गर्नको लागि स्थानिय सुरेन्द्र नेम्वाङको अध्यक्ष्यतामा ७ सदसिय मेला आयोजक समिति गठन गरिएको छ।

उक्त समितिमा उपाध्यक्ष बिर बहादुर गोदार्गोदार्,सचिव राजन थापाथापा,कोशाध्यक्षमा राजेश राइ र सदस्यहरुमा धन कुमार नेम्बाङ ,लिला प्रसाद लिम्बु र अनु अधिकारि रहेका छन्।उक्त मेला मा बिभिन्न सास्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम ,धान नाच्नाच्,च्याब्रुङ नाच ,लोकदोहोरि कार्यक्रम का साथै स्थनिय भुलभुले सामुदायिक बिकास सस्था तोभाङको आयोजनामा गत शुक्रबार देखि खुल्ला नक आउट प्रतियोगिता सन्चालन भैरहेको छ भने उक्त प्रतियोगिताको बिजेताले नगद रु ५०,०००, त्यसै गरि उपबिजेताले नगद रु २५,००० रहेको बिकास को दृस्टि ले पछाडि परेको इलाम जिल्लाको पस्चिमि क्षेत्र देउमाइ खोलाको किनारमा अवस्थित गजुरमुखि धाम इलाम सदरमुकाम बाट ४० किलोमिटर पस्चिम मा रहेको छ।

इलाम सदरमुकाम देखि मङल्बारे सम्म पक्कि सडक र मङल्बारे देखि कच्चि सडक भएर आउन सकिने गजुरमुखि धाम मा नेपालका झापा,इलाम्,पाचथर्,ताप्लेजुङ, ,मोरङ, सुनसरि तथा भारत का दार्जिलिङ, सिक्किम, खर्स्याङ लगायत भुटान देखि पनि दर्शनार्थि आउने स्थानिय हरु बताउछन्।बोलि न आएकाहरुको बोलि आउने तथा सन्तान नभएका हरुको सन्तान प्राप्ति हुने जनबिस्वास रहेकोले बर्सेनि हजारौ भक्तजनहरुको घुइचो लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।