0 COMMENTS

काठमाण्डाै२१कार्तीक०७५/ धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवांमा ज्वाईले ससुराको हत्या गरेका छन् । डाँडागाउँ ४ का ६५ बर्षका गोरे बहादुर तामाङ्लाई उनका ज्वाई फत्तेबहादुर तामाङले खुकुरी प्रहार गरि हिजो बेलुका हत्या गरेको प्रहरीले जनाएको छ ।

उनका ज्वाई फत्तेबहादुरलाई प्रहरीले राती नै पक्राउ गरेको छ । घरमा रक्सी खाएर सुतिरहेको अवस्थामा पक्राउ गरिएको चनुवा प्रहरी चौकीका निमित्त ईन्चार्ज नेत्र भुजेलले जानकारी दिए । मृतककी श्रीमती सुगुरको चारो खोज्न गए पछी एक्लै भएको अबस्थामा तामाङ्को हत्या भएको बताइएको छ ।

फत्तेबहादुरले आठानी भरको सुनको सिक्रि र ३ लाख ८५ हजार रुपैया चोरी गरेर भाग्दै गर्दा गोरेबहादुरले भेटेका थिए । सुन र बाकसमा राखेको उक्त रकम नभएको मृतककी श्रीमती फुलमायाले बताईन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।