0 COMMENTS

काठमाडौं, २१ कात्तिक०७५/ सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले आज अपराह्न महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्दै दुधजन्य खाद्य बस्तु बिक्री गर्न रोक लगाएको हो ।

भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको हो । विभागले अनुगमनका क्रममा गरेको परिक्षणमा दुधजन्य बस्तु गुणस्तरहीन पाइएको थियो ।

यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको थियो । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।