0 COMMENTS

लमही१२कार्तीक०७५/  दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका नौ ट्रक आज नियन्त्रणमा लिइएको छ ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २६ गोरुसहित ती ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जनाइएको छ । अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै गढवा गाउँपालिका–९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला सदस्य सुरज परियारले जानकारी दिए ।

नेपालगञ्जबाट गढवा हुँदै भारततर्फ लग्ने तयारीमा रहेको सो ट्रकका लाइसेन्स, ब्लू बुक र साँचो नियन्त्रणमा लिइएको जनाइएको छ । सो सडकखण्ड भएर नियमित रुपमा गोरु ओसारपसार हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको आरोप बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।