0 COMMENTS

काठमाडौँ२९असाेज०७५/ दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले  शनिबार ढिपो बन्द गरेको थियो । त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो ।

शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए । आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ । प्रवक्ता वीरेन्द्र गोइतले फूलपातीसम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए । त्यसपछि कार्तिक ४ गते आइतबार डिपो खुल्नेछन् । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।