0 COMMENTS

काठमाडौं२९असाेज०७५/ दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच दिनसम्म फोहोर व्यवस्थापन नहुने भएको हो।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुवँरले फूलपातीदेखि एकादशीसम्म राजधानीको फोहोर सिसडोलमा व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘यो वर्ष पाँच दिनसम्म सिसडोलमा फोहोर व्यवस्थापन हुनेछैन।’ लामो समयसम्म फोहोर व्यवस्थापन गर्न नसकेर आलोचना खेप्दै आएको कामपाले फोहोर सुचारु हुन थालेपछि दशैं मनाउने बहानामा फेरि पाँच दिन फोहोर व्यवस्थापन नगर्ने समाचार अाजकाे नेपाल समाचारपत्रमा छ।

विभाग प्रमुख कुवँरले स्थानीयलाई दशैंमा दुर्गन्धित हुने भएपछि केही दिनका लागि फोहोर व्यवस्थापन रोक्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘स्थानीयबासीको आग्रह र कर्मचारीको बिदा व्यवस्थापन गर्न फोहोर रोक्न लागेका हौं।’ स्थानीयले दशैंमा फोहोर व्यवस्थापन नगर्न चेतावनीसमेत दिएका थिए।

कामपाले सो अवधिमा घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न अपिल गरेको छ। ‘दशैंको समयमा कर्मचारीलाई समस्या पर्ने भएकाले घरबाट संकलन हुने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं।’ –विभाग प्रमुख कुँवरले बताउनुभयो। तर कामपाले केही कर्मचारीको सहयोगमा बाटोमा रहेका फोहोर संकलन गर्ने जनाएको छ।

‘बाटोको फोहोर उठाउनेछौं, तर घरको फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेका छौं।’ –विभागीय प्रमुख कुँवरले भन्नुभयो। उहाँका अनुसार बाटोबाट संकलन गरिएको फोहोर टेकुस्थित ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिने भएको छ। अहिले टेकु ट्रान्सफर स्टेसन पनि भरिभराउ भएको छ। दशैंको ५ दिन उपत्यकाका २२ वटै स्थानीय निकायको फोहोर व्यवस्थापन हुनेछैन। हाल दैनिक ८ सय टन फोहोर संकलन हुने गरेको छ। तीमध्ये सिसडोल ल्यान्डफिल साइटमा झन्डै ५ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।