0 COMMENTS

काठमाण्डाै०८असाेज०७५/  बंगलादेशमा हुने बंगबन्धु गोल्डकपको नेपाली टिममा कुनै परिवर्तन नहुने भएको छ । प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टिम नै जाने भएको छ । जसका लागि नेपाली फुटबल टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गर्नेछ ।

छोटो समय भएका कारण एन्फाले बंगबन्धुका लागि कुनै खेलाडी परिवर्तन नगर्ने भएको हो । यसपटकको टिमलाई पनि बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन । यता कप्तानीको जिम्मेवारी पनि विराज महर्जनलाई नै दिइनेछ ।

साविक विजेताका नाताले नेपालले यसपटक साेझै बंगबन्धु गोल्डकपका सहभागिता पाएको हो । तर अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा पाएका कारण नेपालले एक साता भन्दा कम समयको तयारीले खेल्न जाने भएको छ ।

यता टिमका महत्वपुर्ण सदस्य रोहित चन्दकाे स्थानमा तेज तामाङ र किरण चेम्जाेङकाे स्थानमा विशाल श्रेष्ठ टिममा परेका छन । नेपाली टिम असोज १४ गते बंगलादेश जानेछ ।

बंगबन्धु गोल्डकपमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन र ताजीकिस्तान छन् । दुई वर्षअघि भएको प्रतियोगिताको फाइनलमा नेपालले बहराइनको युवा टोलीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।