0 COMMENTS

काठमाडौं०८, असोज०७५/ कालिका पावरको आइपीओ बुधवार बाँडफाँड हुने भएको छ । कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो ।

एक लाख २२ हजार आबेदनबाट सो माग परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।क्यापिटलका अनुसार उक्त सेयरको बाँडफाँड बुधबार हुनेछ । कम्पनीले भदौ २८ गतेदेखि असोज १ गते सम्म कूल १२ लाख कित्ता आर्इपिओ निष्काशन गरेको थियो ।

आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था थियो । कुल निष्काशनमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ ।

कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुने बताइएको छ । यस अनुसार प्रत्येक आबेदकलाई गोलाप्रथाबाट दश कित्ता सेयर बाँडफाँड हुनेछ । यस अनुसार कालिका पावर कम्पनीको आर्इपिओ एक लाख ११ हजार ६०० जना आवेदकलाई १० कित्ताका दरले बाँडफाँड हुनेछ ।

आइपिओमा एक लाख २२ हजार आवेदन परेकाले १० हजार ४०० आवेदकको हात खाली हुनेछ भने एक लाख ११ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ता सेयर हात पार्नेछन् ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । साधारण सेयर जारी गरेपछि कम्पनकिो चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।