0 COMMENTS

काठमाण्डाै२३भदाै०७५/  ७५ केजी तौलका कान्तिपुर फिटनेशका बिसन गुरुङ्ग तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता २०७५ मा जित निकाल्दै मि. काठमाण्डौ हुन सफल भएका छन् ।

काठमाण्डौ जिल्ला बडिबिल्डिङ्ग एण्ड फिटनेशको आयोजनामा शनिबार भएको फाईन चरणमा बिसन मि. काठमाण्डौ हुन सफल भएका हुन् । उनले नगद १ लाख, ब्यानेट र ट्रफी प्राप्त गरे । उनले आफ्नो तौलमा समेत प्रथम स्थान हात पार्दै नगद १० हजार प्राप्त गरेका थिए । यसका साथै उनले विभिन्न कम्पनीले प्रदान गरेको सम्लिमेन्ट र गिफ्टहरु प्राप्त गरे ।

प्रतियोगितामा बेष्ट पोजरको उपाधी उदित श्रेष्ठले प्राप्त गरे । शंखमुल हेल क्लब तथा फिटनेश सेन्टरका उनले नगद १० हजार सहित ट्रफी, प्रमाण पत्र तथा सप्लिमेन्ट प्राप्त गरे ।

यस्तै तेश्रो महिला फिजिक फिटनेश अन्तरगत भएको प्रतियोगिता लअन्तरगत मसल्स वल्र्ड फिटनेशकी शोभा मानन्धर उत्कृष्ट भईन् । उनले स्वर्ण पदक पाईन । यस्तै डिभाईन फिजिकलकी सुजिता मानन्धरले रजत र मसल एण्ड फिटनेशकी सनम मुलगुठीले कास्य पाईन । पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश ३० हजार, १५ र ५ हजार प्राप्त गरे । यसका बिजयीहरुले विभिन्न कम्पनीले प्रदान गरेको सम्लिमेन्ट र गिफ्टहरु प्राप्त गरे ।

काठमाण्डौ जिल्ला बडिबिल्डिङ्ग एण्ड फिटनेशको आयोजनामा भएको प्रतियोगिताको सिनियर पुरुष तर्फ ५५ केजी तौलमा मसल मेनिया फिटनेशका आवाज प्याकुरेल पहिलो भएका छन् । उनी ओभर अल राउण्डका लागि छनोट भएका छन् । दोश्रो स्थानमा पाराडाईज फिटनेशका सुरज तण्डुकार तथा तेश्रो स्थानमा फ्लेक्स जिमका सुजन गुरुङ्ग रहे ।

बिजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटमा अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद जीवन राम श्रेष्ठले पुरस्कार वितरण गरे ।

यसै गरि ६० केजीमा टोटल फिजिकल फिटनेशका किशन दास दिवाकारले आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै ओभरअलमा प्रवेश गरे । दोश्रो स्थानमा न्यू फ्ल्क्स एण्ड फिटनेशका सुरेश मुनिकार रहे । तेश्रो स्थानमा फिटनेश स्टुडियोका अशोक कुमार घिमिरे रहे ।

६५ केजी तौलमा डिभाईन फिजिकल फिटनेशका प्रज्वल मान शाक्यले पहिलो स्थान प्राप्त गरे । दोश्रो स्थानमा सेप्स टु ढल्कोका बिवेक बिष्ट र तेश्रो स्थानमा फिटनेश फस्र्टका अमर गमाल रहे ।

७० केजी तौलमा अक्सफोर्ड जिम एण्ड फिटनेशका समिर श्रेष्ठले बाजी मारे । उनी ओभरअल राउण्डका लागि छनौट भए । दोश्रो स्थानमा मोसल्स एण्ड फिटनेशका अमित कुमार मण्डल र तेश्रो स्थानमा फिटनेश स्टुडियोका सुपेन डङ्गोल रहे ।

७५ केजी तौलमा कान्तिपुर फिटनेशका विशन गुरुङ्गले बाजी मारे । उनले सेप्स टुका उज्जल बज्राचार्यलाई पछाडी पारे । तेश्रो स्थानमा न्यू फ्लेक्सका रुजल शाही रहे ।

७५ केजी माथीको तौलमा न्यू प्mलेक्स एण्ड फिटनेशका नरेश मालाकारले अग्र स्थान प्राप्त गरे । जी फिटनेशका राजन बानिया दोश्रो र डिभाईन फिजिकलका मोहित कार्की तेश्रो भए ।

राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको दोश्रो जुनियर मि. काठमाण्डौ तर्फ प्याराडाईजका किशोर कार्कीले बाजी मारे । उनले फिटनेश फस्र्टका मनिष बज्राचार्यलाई पछि पारेका हुन् । तेश्रो स्थानमा फिटनेश प्लसका राज खड्का रहे । उनीहरुले क्रमश ३० हजार, १५ हजार र ५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्रका साथै सप्लिमेन्ट प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।