0 COMMENTS

मिलन चाम्लिङ , धरान,२३ भदाै०७५/ १ न. प्रदेश स्तरिय भवन निर्माण सहिताको प्रभावकारी कार्यान्वयनको लागि  धरानमा प्रशिक्षण कार्यशाला प्रशिक्षणसम्पन्न भएको छ । शुक्रबार देखि सन्चालन भएको प्रशिक्षण कार्यशालामा स्थानीय सरकारका जन प्रतिनिधिहरु र नगरपालिका, गाउपालिकाका प्रमुख , उपप्रमुख र राष्ट्रिय भवन निर्माण सहिता कार्यान्वयनमा प्रत्यक्ष सम्लग्न रहने अधिकारिहरु प्रशासकीय अधिकृत , नक्सापास शाखाका प्राविधिक प्रमुख गरि ४० जनाको सहभागितामा सम्पन्न भएको छ ।

कार्यशालाले नगर गाउपालिकाहरु नयाँ बन्ने सम्पुर्ण घरहरुलाई भुकम्प प्रतिरोधात्मक बनाउनका लागि भवन निर्माण ईजाजत प्रक्रियाको बिकास कार्यन्वन तथा उपयुुक्त नियमन र नियन्त्रण प्रणालिको विषयमा सबै स्थानीय सरकारहरुको बुझाईमा एकरुपता प्रदान गर्न र नगरपालिकाहरुका योजनामा बिपद जोखिम न्यूनीकरण गतिविधिहरुलाई समाबेश गर्ने र सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

उक्त कार्यशाला राष्ट्रिय भवन निर्माण सहिता प्रभावकारी कार्यान्वयन , नक्सापास प्रक्रियालाई सरल ,व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा शहरी बिकास रणनीति , वस्ति बिकास तथा भवन एनको कार्यान्वयनका बिषयमा छलफल भएको छ । कार्यक्रम समापन गर्दै भुकम्प प्रबिधी राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले भवन निर्माण सहिता कार्यान्वयन र कार्यशालाको बारेमा आफ्नो धारणा राख्नु भएको थियोे ।

कार्यशाला प्रशिक्षण कार्यक्रममा प्रदेश न १ , २,३ का धरान , ईटहरी , र जनकपुर उपमहानगरपालिका ,फिदिम , धनकुटा , दमक , मिथिला , बर्दिवास र मन्थली नगरपालिकाहरु र कमल गाउपालिका प्रतिनिधि तथा पदाधिकारीहरुको उपस्तिथि रहेको छ ।सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी बिकास तथा भवन निर्माण बिभागको मार्गनिर्देशन साथै धरान उपमहानगरपालिकाको र भुकम्प प्राविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को आयोजनामा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।