0 COMMENTS

काठमाण्डाै१८भदाै०७५/ आयोजक जेभियर ईन्टरनेशनल कलेजले छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ सोमबार उपाधी हात पारेको छ ।

ब्वाईज तर्फको खेलमा जेभियर ए ले द टाईम्स ईन्टरनेशनल कलेजमाथी ७६ । ६९ अंकको जित निकाल्दै उपाधी हात पारेको हो । पहिलो र दोश्रो क्वाटरमा २५ । २७ र १५ । १७ ले पछि परेको जेभियर तेश्रो क्वाटरमा १६ । ८ र चौथोमा २० । १७ ले अग्रता लिंदै उपाधीलाई आफ्नो हातमा पार्न सफल भएको हो । जेभियरका लागि मष्ट भ्यालुएबल प्लेयर निकेश मगरले २५ अंकको योगदान गरे ।

गल्र्स तर्फको खेलमा साईपाल एकेडेमीले जेभियरलाई पाखा लगाउँदै उपाधी उचाल्यो । छिरिङ्ग शेर्पाको १२ अंकको मद्धतले साईपालले जेभियरमाथी ४१ । ३७ अंकको जित निकाल्यो । साईपालकी प्रतिक्षा मगर उत्कृष्ट खेलाडी घोषित भईन् ।

यस्तै आजै भएको दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल तर्फ मल्पी ईन्सिटिच्युट ए ले मल्पी ईन्सिटिच्युट बी माथी ५ । ४ अंकले जित निकाल्यो । तासी फुन्तसोक शेर्पा उत्कृष्ट घोषित भईन् ।बिजयी खेलाडी तथा टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।