0 COMMENTS

मिलन चाम्लिङ,१८भदाै०७५/  भदौ २२ गतेबाट देशभरका सिनेमा हलहरुमा लाग्दै गरेको चलचित्र रोज प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र प्रचार प्रसारको लागि रोजका टिम धरान आएको छ ।

आइतबार बरकोट स्थित ओर्किड होटलमा पत्रकारसंग भेटघाट गर्दै चलचित्रका कलाकार प्रदीप खड्का, मिरुना थापा मगर, परमिता राज्यलक्ष्मी राणा लगायतले चलचित्रका बारेमा जानकारी गराएको थिए । आठ बर्ष अगाडि आफ्नै प्रेमिले हत्या गरेको ललितपुरका रोजि महर्जन कथामा आधारित रहेर चलचित्र निर्माण गरेको नायक खड्काले बताए । पत्रकार भेटघाट पछाडि धरानको मुख्य चोक भानुचोकमा कन्सर्ट गरेर मनोरञ्जन गराएको थियो कन्सर्टमा गायक प्रताप दास लगायत चलचित्रका अन्य कलाकारहरुले प्रस्तुति दिएको थिए ।

उद्दब पौडेलको प्रस्तुती रहेको चलचित्र निर्माण गोपिकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टले संयुक्त ब्यानरमा आयरा पौडेल र आरोही केसिको निर्माण गरेका हुन । चलचित्रमा संगीत अर्जुन पोख्रेल र एलिस कार्कि ,नृत्य कबिराज गहतराज , छायांकन मिराक डि गुरुङ, सम्पादन राजु बिक्रम थापा र लेखन केदार भुसालको रहेको छ । प्रदीप खड्का, मिरुना थापा मगर, परमिता राज्यलक्ष्मी राणा लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ भने चलचित्र निर्देशन निरक पौडेलले गरेको हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।