0 COMMENTS

काठमाण्डाै१८भदाै०७५/ चर्चित ब्यापारी सुरज बैधलाई अखिल नेपाल फुटबल संघ एन्फाले सल्लाहकार समितीमा राखेको छ ।एन्फा अध्यक्ष कर्मा छिरीङ शेर्पाले निजी क्षेत्र ब्यापारीकाे पनि सहभागिता हुनुपर्छ भन्ने उदेश्यका साथ बैधलाई सल्लाहकारमा मनोनयन गरेको हो । बैध अर्गनाइजेसन अफ इन्डस्ट्रिका प्रमुख सुरज बैध नेपाली ब्यवसायमा नाम चलेकाे ब्यक्ती हुन ।

फुटबललाई समय सगै परिवर्तन गर्नुपर्छ भनेर लागीपरेका एन्फा अध्यक्ष कर्मा  छिरीङ शेर्पा सहितको टिमले बैधलाई एन्फामा भित्र्याउन पाउनु खुसीको कुरा रहेको जनाएका छन । आज एन्फा अध्यक्ष कर्माले बैधलाई सल्लाहकारमा मनोनित भएको प्रमाणपत्र हस्तान्तरण गर्दै स्वागत गरेका छन ।एन्फामा नयाँ नेतृत्व आएपछि विभिन्न समिती उपसमितीमा संयोजन तोक्नुका साथै आफ्नो कमिटीलाई बलियो बनाउन एकपछि अर्को निर्णय गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।