0 COMMENTS

मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिकाले अत्याधिक करवृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगरकमिटी धरानले धरान उप महानगरपालिकाको मुख्य गेट अघि २ घण्टा धर्ना दिएका छन् ।

धर्नामा धरानका २० वटै वडाबाट कांग्रेसका कार्यकर्ताहरुको सहभागीता रहेको थियो । धर्ना कार्यक्रम पश्चात नेपाली कांग्रेसले एकहप्तासम्म विभिन्न वडामा संकलन गरेको हस्ताक्षर धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख मन्जु भण्डारीलाई बुझाएको छ । बिहीबार नेपाली कांग्रेस धरानका सभापति तिलक राईले हस्ताक्षर बुझाउदै उपमहानगरपालिकाले वृद्धि गरेको करको दर नघटेसम्म आन्दोलन जारी रहने बताए । उनका अनुसार उपमहानगरपालिकाले अत्याधिक वृद्धि गरेको करेको विषयमा शुक्रबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिइनेछ ।

कांग्रेसका कार्यकर्ताले करवृद्धि फिर्ता गर, बहुमतको दम्भ देखाउन पाइदैन, जनता मार्न पाइदैन जस्ता नाराबाजी समेत गरेका थिए । नेपाली कांग्रेसले बुझाएको हस्ताक्षर बुझ्दै कार्यवाहक नगरप्रमुख मणिराम राईले कांग्रेसले उठाएको माग प्रति गम्भिर रहेको बताए । उनले यस विषयमा छलफल गरी माग सम्बोधन गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।