0 COMMENTS

काठमाण्डाै१४भाद्र०७५/कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ । अाज भाद्र १४गते  बिहिबार स्कुलकाे प्रांगणमा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

सानोगौचरणमा हुने उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फको प्रतियोगिता हुने बताइएको छ । यस्तै प्रतियोगितामा ३२ विद्यालयहरुको सहभागिता हुने भएको छ । प्रतियोगिताबाट विजयी टिमलाई छात्र तर्फ प्रथम, द्वितीय र तृतियलाई क्रमस १५ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यस्तै छात्रा तर्फ विजयी हुने टिमलाई प्रथम, द्वितीय र तृतियलाई क्रमस १० हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । यस्तै प्लेअर अफ सिरिज, हाई स्कोर, बेष्ट गोलकिपर, म्यान अफ द फाइनल र हरेक प्रतियोगिताबाट म्यान अफ द म्याचको घोषणा गरि ट्रफी प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई नकआउट चरणबाट सञ्चालन गरिनेछ ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलकी फाउण्डर, प्रिन्सिपल इशु गुरुङले विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमताको उजागर गर्न पिस प्वाइन्टले यि र यस्ता कार्यक्रमहरु गर्दै आएको छ । जसको निरन्तरता स्वरुप ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ को आयोजना गर्न लागिएको बताउनु भयो । यस्तै विद्यालयहरु विचमा आपसि सम्बन्धको विकासका लागि पनि यि र यस्ता प्रतियोगिताको आवश्यकता रहेको बताउनु भयो । प्रतियोगिता भाद्र २३ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।