0 COMMENTS

 काठमाडौं२४साउन०७५/ आज श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यका लगायत नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाईदैछ । परापूर्व कालदेखि भूत भगाउने उद्धेश्यले मनाउँदै आएको यो पर्व नेवार समुदायमा अन्य पर्वको सुरुवातकोरुपमा पनि हेरिन्छ ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल पर्व काठमाडौं उपत्यका लगायत नेवारी समुदाय भएका विभिन्न जिल्लामा मनाइन्छ । भूतकोे प्रतिकका रुपमा चौबाटोमा नरकट ठड्याई सिंगारिएको मानिसलाई टोल टोलमा जगात माग्न लगाएर मनाउने प्रचलन पनि छ । यसका साथै ढोकाको चौकोस वा दैलामा फलामको त्रिखुट्टे ठोक्ने चलन पनि रहिआइको छ ।

महादेवको भक्त मानिने घण्टाकर्णले उनको स्तुति गाउदै बालबालिका चोरेर लैजान थालेपछि महादेवले घण्टाकर्णलाई कानमा घण्टा झ्mुण्ड्याई धर्तीका आउन अनुमति दिएको भन्ने कथनमा आधारित भएर यो पर्व मनाउने गरिएको हो । यस पर्वमा विहान घर आगन सफा गरी , स्नान ध्यान तथा कुमार कार्तिकेयको पूजा गर्ने गरिन्छ । यस दिनमा धातुको औठी र वाला लगाउनाले भूत प्रेतले नछुने र घरको समेत रक्षा हुने जनविश्वास रहिआएको छ ।

जानकारहरुका अनुसार चौधौ शताव्दीदेखि मनाइदै आइरहेको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झ्mना स्वरुप हरियो नरकट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाई दोबाटो र चौबाटोमा उभ्याउने चलन पनि छ । परापूर्व कालमा धेरै खेत भएको र काम गर्नेहरु नहुँदा वैशाख शुक्ल द्धीतिया र अक्षय शुक्ल तृतीयाका दिन रोपाई गर्न भूतहरुलाई घरमा ल्याई सहयोग माग्ने गरेको जनश्रुती छ । र घरमा प्रवेश गरेका भूतहरुले कसैलाई पनि दुःख नदिउन भन्ने उद्धेश्यले यो दिन विशेष पुजाआजा गरी खोलामा विसर्जन गर्ने गरिन्छ ।

गोपाल वंशावली अनुसार गठेमंगललाई भैरवको प्रतिमाका रुपमा मानेर नव विवाहित नारी पुरुषले दर्शन गर्ने चलन छ । चाडपर्व मध्येकै जेठो पर्व मानिने गठेमंगल पर्व सुरु भएपछि नेवार समुदायमा अन्य पर्वको सुरुवातको रुपमा पनि हेरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।