0 COMMENTS

सिरहा२४साउन०७५/ सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम सव मनी ट्रान्सफरका सञ्चालक राजाराम साहबाट उक्त रकम लुटिएको मिर्चैया प्रहरीले जनाएको छ।

मिर्चैया–कल्याणपुर सडकखण्डमा दिउँसो १२ बजे उनी लुटिएका हुन्। मनी ट्रान्सफरका सञ्चालक साह पैसा लिएर मोटरसाइकलमा ग्लोबल आइएमई बैँक मिर्चैयाबाट कल्याणपुर जाँदै थिए। दुई मोटरसायकलमा आएका चारजनाले उक्ट रकम लुटेका हुन्। मिर्चैयाका डीएसपी दीपेन्द्र साहका अनुसार लुटेराको खोजी भइराखेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।