0 COMMENTS

डोल्पा १८साउन०७५/ डोल्पा जिल्लाको क्षेत्र नं. १ बाट निर्वाचित धनबहादुर बुढालाई राजिनामा दिन लगाएर सो निर्वाचन क्षेत्र खाली गराउने प्रयास भइरहेको छ । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई प्रतिनिधिसभाको सदस्यमा उम्मेदवार बनाउने भित्री कसरत भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहनुभएका बूढासँग डोल्पा क्षेत्र नं। १ बाट राजीनामा दिन लाग्नुभएको हो भनी राखिएको जिज्ञासामा उहाँले ‘राजीनामा दिने वा नदिने कुनै धारणा राख्नुभएन ।’ उहाँले भन्नुभयो, ‘‘म अहिले मन्त्रालयमै छलफलमा छु, भोलि मन्त्रालयमा आउनुहोस्, त्यहीँ कुराकानी गरौंला ।’’

सांसद बूढाले राजीनामा नदिई सांसदको पद रिक्त नहुने भएकाले उपनिर्वाचनको मिति तोक्नुअघि नै उहाँलाई राजिनामा गराउने कसरत भइरहेको बताइएको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।