0 COMMENTS

काठमाण्डाै१८साउन०७५/नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको नेतृत्वमा एक सयभन्दा धेरै प्रहरीको टोली अप्रेसनमा खटिएको छ । अनुसन्धान बिहीबार बिहानैदेखि साँझ अबेरसम्म जारी राखेको छ। डिएसपी काफ्लेले प्रारम्भिक चरणको अनुसन्धानका क्रममा ९० पक्राउ परेको जानकारी दिए। उनले भने, ‘बिहीबार बिहानैबाट घटनामाथि अनुसन्धान सुरु गरिएको छ । उनीहरुलाई वृत्तमै राखेर सोधपुछ हुँदैछ । दोषी देखिए मुद्दा चलाइने छ।

अनुसन्धानका लागि सादा र पोषाक सहितका प्रहरी खटाइएको छ। प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल पनि फिल्डमा खटिएका छन् । एसएसपी पोखरेलले भने, ‘घटनालाई विभिन्न कोणबाट हेरिएको छ। प्रकृति हेर्दा घटना गम्भिर नै देखिन्छ । केही पक्राउ परेका छन् । सोधपुछ चलिरहेको छ । अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले थप नबोलौं।’ आइफोन भेटिएन सांसद पालले धम्की दिने व्यक्तिले खोसेर लगेको भनेको आइफोनसमेत फेला परेको छैन। लुटिएको भनिएको दिनबाटै मोबाइल स्विच अफ रहेको प्रहरीले बतायो। वृत प्रमुख डिएसपी काफ्लेले भने, ‘लुटिएको फोन खोजी भइरहेको छ। तर, भेट्टाउन सकिएको छैन। स्वीच अफ गरिएकाले लोकेशन पत्ता लगाउन नसकिएको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।