0 COMMENTS

काठमाण्डाै११साउन०७५/  सरकार र डा. गोविन्द केसीबीच ९ बुँदे सहमति भएपछि चिकित्सा क्षेत्र सुधारको माग राखेर २७ दिन लामो अनसन बसेका डा. केसीको अनसन तोडिएको छ ।

उनका माग पूरा गर्न सरकार तयार भएपछि उनले अनसन तोडेका हुन्।

नेकपा नेता सुवास नेम्वाङ र प्राध्यापक केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका हुन्।

अनसन तोडेपछि डा केसीलाई आइसियूमा लैजाने तयारी छ।

१० वर्षसम्म उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने भन्ने विषयमा सहमति भएपछि सरकार र डा केसी पक्षबीच ९ बुँदे सहमति भएको हो। सरकारले डा केसीको मागअनुसार नयाँ मेडिकल कलेज नखोल्न तयार भएपछि सहमति हो। सहमतिमा डा केसीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।