0 COMMENTS

काठमाडाैं ११साउन०७५/ पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले निष्काशन गरेकाे १० लाख १ हजार कित्ता साधारण सेयरकाे बाँडफाँड अाज केही बेरपछी हुंदैछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार प्रमाणिकरण भएकाे कुल अावेदक मध्येबाट ६८ प्रतिशतले अाइपीअाे पाउने छन् ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियाे ।

पञ्चकन्याले साउन १ देखि ४ गतेसम्म सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेको थियो । अार्इपिअाेमा एक लाख ४६ हजार ३८९ जना आवेदकबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर प्रमाणिककरण (भेरिफाई) भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरको सेयरमा सर्वसाधारणमा निष्काशन भएकाे कित्ताकाे अनुपातमा १८.३८२४ गुणा बढी अर्थात एक अर्ब ८४ करोड ७३ हजार रुपैयाँ बारबरको आवेदन परेको हो ।

धितोपत्र बोर्डले गरेको निर्देशिका अनुसार प्रत्येक आवेदकलाई दश कित्ता सेयरका दरले बाँडफाँड गर्दा एक लाख एक सय जना आवेदक अर्थात ६८.३८ प्रतिशत आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् । बाँकी ४६ हजार २८९ जना अर्थात ३१.६२ प्रतिशत आवेदकको हात भने खाली हुने छ ।

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले जारी पुँजी एक अर्ब १० करोड रुपैयाँको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । हाइड्रोले यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामेलीका लागि ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ ।

कम्पनीले इलामको सन्दकपुर गाउँपालिका स्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।