0 COMMENTS

मुस्ताङ२२असार०७५/ कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ ।

उक्त टिपर दुर्घटनामा परी १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ, भने साे दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते भएका ५ जनालाई जिप मार्फत जोमसोम अस्पतालमा उपचारको लागी लगिदैछ भने बाँकी गम्भीर १२ जना घाइतेलाई हेलिकप्टर मार्फत उपचारको लागी तयारी गरिदै छ । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको बताएका छन् ।

बाँकी घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै छ । घाइते र मृत्यु भएका सबैलाई उद्दारको लागि काठमाडौंबाट एयर डाइनास्टिक हेलिकप्टर मगाइसकेको उनले बताए ।

साथै उद्धारमा थप बल प्रयोग गर्नको लागी सेनाको हेलिकप्टर माग्नको लागि पनि गृहमन्त्रीलार्इ पत्राचार गरिसकेको उनले बताए । अब उक्त सेनाको हेलिकप्टर पनि करिब आधा घन्टामा काठमाडौंबाट उद्धारको लागि उड्ने उने बताए ।

लोघेकर दामोदरकुण्ड गाउपालिका अन्तर्गतको कालीगण्डकी करिडोर अन्तरगत सडक स्तरबृद्धि भैरहेको स्थानमा उक्त दुर्घटना भएको हो । मृत्यु भएका र घाइते भएकाहरूकाे ठेगाना रोल्पा, सिन्धुली, कैलाली र कपिलवस्तु भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।