0 COMMENTS

काठमाण्डाै२२असार०७५/  स्टार खेलाडी लियाेनल मेस्सी र क्रिस्टियानाे राेनाल्डाेका फ्यानहरूकाे क्रेज कतिसम्म छ भने मत बाझिँदा श्रीमान-श्रीमतीबीच नै डिभाेर्स भएकाे छ । रसियामा जारी विश्वकप फुटबलकाे नकअाउट चरणबाटै अर्जेन्टिना र पोर्चुगल बाहिरिसकेका छन् । तर ती दुवै टिमका स्टार खेलाडी मेस्सी र रोनाल्डोमध्ये कुन राम्रो भन्ने विषयमा विवाद बढेपछि एक दाम्पत्य सम्बन्ध नै संकटमा परेकाे छ ।

विश्वकपकाे आयोजक देश रुसमा नै रूसी खेलाडीकाे भन्दा अर्जेन्टिनाका मेस्सी र पाेर्चुगलका राेनाल्डाेकाे क्रेज बढी रहेकाे यस घटनाले देखाएकाे छ । रूसका एक जोडीले यही विषयमा विवाद बढ्दा डिभोर्स नै गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जब अर्जेन्टिनाले समूह चरणकाे खेलमा नाइजेरियालाई २–१ ले हराएकाे थियो, तब आर्सेन नाम गरेका एक व्यक्ति मेस्सीकाे समर्थनमा जितको खुसी मनाउँदै उफ्रिरहेका थिए । मेस्सीको उत्कृष्ट प्रदर्शन भन्दै उनले नाराबाजी नै गरिरहेका थिए । तर सँगै रहेकी उनकी श्रीमती ल्युडमिला रिसाइन् । उनले ‘मेस्सीभन्दा त रोनाल्डो कति राम्रो’ भनेपछि यी दुवैबीच मनमुनाव चुलियाे ।

श्रीमतीले विपरीत समर्थन जनाएपछि रिसले आगो भएका अार्सेनले घर नै छोडिदिए । त्यतिले मात्र पुगेन उनले अर्को दिन नै बिहान श्रीमती ल्युडमिलालाई डिभोर्सको कागज पठाए । याे देख्दा श्रीमतीचाहिँकाे मनमा एक्कासि पहिराे गयाे, उनीहरूकाे १६ वर्षे लामो दाम्पत्य सम्बन्ध मेस्सी र राेनाल्डाेका कारण समाप्त भयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।