0 COMMENTS

काठमाडौं२१, असार २०७५/ वितरण प्रणालीको नियमित मर्मत तथा सडक विस्तारको कामलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बालाजु क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणको बालाजु वितरण केन्द्रकाअनुसार प्रणालीको सुधार तथा सडक विस्तारका लागि शुक्रबार विद्युत् कटौती गर्न लागिएको हो ।बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले वनस्थलीचोकदेखि बालाजु प्रहरीचौकीसम्म सडक विस्तारका लागि बालाजु सबस्टेशनअन्तर्गत्का फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको बताए ।

बालाजु–नागार्जुन फिडरअन्तर्गत् जनजागृति टोल, रोटरी क्लब, टौडोल, शीतला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुँदै एकलटार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यस्तै, बालाजु–धर्मस्थलीअन्तर्गत् पुरानो गुह्येश्वरी, फूलबारी गेट, मुड्खु, बतासेडाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।