0 COMMENTS

काठमाडौं२१असार०७५/ बिहीबार शेयर बजारमा हरियाली छाएको छ । लगातार ओरालो लागेको शेयर बजारमा बिहीबार ३६ अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक ३६ अंकले बढेर १२२४ अंकमा पुगेको हो । लगातार तेस्रो दिन सूचकमा बृद्धि भई बजार १२२६.१८ अंकमा पुगेको छ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋणको सीमा बढाउने तयारी गरेको बेला बजार बढेको हो । बजार बढेसँगै लगानीकर्तामा उत्साह भरिएको छ ।

सूचक बढेसँगै कारोबार रकममा समेत उलेख्य बृद्धि भएको छ । १६८ कम्पनीका ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । अघिल्लो दिन बुधवार १६९ कम्पनीका २५ करोड रुपैयाँ वरावरको मात्र शेयर खरिद विक्रि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।