0 COMMENTS

हुन त औषधी खान कसैलाई पनि मन पर्दैन तर हामीमध्ये यस्ता व्यक्ति पनि छौं जो पानी बिना नै औषधी निल्ने गर्छन् । यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ भने सावधान हुनुहोस् । तपाईंको यो बानीले तपाईंको रोग निको पार्नुको साटो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।

पानी बिना औषधी निल्नुका यस्ता छन् हानीः

१. जब तपाईं पानी बिना औषधी निल्नुहुन्छ तब त्यसले तपाईंको एसोफ्यागस अर्थात् घाँटीको नलीलाई क्षती पुर्याउँछ । यसै कारण पानी बिना औषधी खाँदा कहिलेकाँही आँसु पनि निस्कन्छ ।

२. पानी बिना नै औषधी निल्दा गलाको नलीमा जलन महसुस हुन्छ । यसका साथै छाती पोल्ने र दुख्ने समस्या पनि हुनसक्छ । यद्यपी, यो ट्याब्लेटको साइजमा निर्भर हुन्छ ।

३. हाम्रो गलाको नली निकै नाजुक टिश्युबाट बनेको हुन्छ । यदि ट्याब्लेट गलाको नलीमा अड्कियो भने यसले गलालाई क्षती पुर्याउन सक्छ । गलाको तन्त्रिकामा अचानक पीडा महसुस हुनसक्छ जसका कारण तपाईंलाई सास फेर्न पनि समस्या हुनसक्छ ।

४. यदि तपाईं धेरैजसो पानी बिना नै औषधी निल्नुहुन्छ भने यसले तपाईंको घाँटीको नलीमा अल्सर हुने सम्भावना अत्यधिक हुन्छ । टर्कीमा भएको एक अनुसन्धान अनुसार कुनै प्रकारको औषधीले घाँटीको नलीमा अल्सर हुनसक्छ । यतिमात्र होइन, चपाएर खानुपर्ने भिटामिन सीले पनि घाँटीको नलीलाई क्षती पुर्याउन सक्छ ।

के गर्ने ?

औषधी सधैं कम्तीमा एक गिलास पानीसँग खानुहोस् ।

दिनभरीमा कम्तीमा आठ ग्लास पानी पिउनुहोस् । यसो गर्दा एसोफ्यागसलाई क्षती पुग्दैन ।

औषधी सधैं उभिएर वा बसेर खानुहोस् । सुतेर औषधी खानबाट बच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।