0 COMMENTS

बीबीसी– सेक्स जुन संसारको सबैभन्दा चर्चित शब्द छ, त्यसमा संसारका ९९ प्रतिशत मानिस जिज्ञासु हुन्छन् । यसबारे थुप्रै बिचार, धारणा यस्ता हुन्छन् जुन विज्ञान र अनुसन्धानमा गलत साबित भएका छन् ।

तर, यो सोचाई मानिसको दिमागमा अड्किएर बसेको छ । सेक्ससँग सम्बन्धित यस्ता केही मनगढन्ते कुरा र त्यसका बास्तविकताका बारेमा हामी तपाईंलाई जानकारी दिँदै छौं ।

समलैङ्गिकताको कुनै विशेष जीन हुँदैनः

संसारभरी तेस्रोलिङ्गी मानिसको उपस्थिती बाक्लो छ । तर अनेकन कोसिसका बिपरित बैज्ञानिक यसको जेनेटिक्सको कुनै पत्ता लगाउन सकिरहेका छैनन् । अर्थात्, मानिसमा समलैङ्गिकताको भाव पैदा गर्ने कुनै विशेष जीन हुन्छ, यसमा वैज्ञानिकको समर्थन छैन ।

अहिलेसम्म बटेलेका अनुभव अनुसार हाम्रो माहौल र हाम्रो इच्छा, आकांक्षाले हामीमाथि असर पुर्याउँछ । केही मानिसहरुमाथि यस्तो असर पर्छ कि उनीहरुभित्र समलैङ्गिकताको इच्छा पैदा हुने गर्दछ । यसको जानकारी उनीहरुको डिएनएबाट पत्ता लगाउन सकिन्न ।

टेस्टोस्टेरोनबाट महिलाहरु कामोत्तेजित हुने गर्दछन्ः

पुरुषको हर्मोन टेस्टोस्टेरोनबाछ महिलामा यौनसम्बन्धको इच्छा हुन्छ भन्ने कुराको केही प्रमाण छैन । धेरैजसो महिला आफूलाई यौनसम्बन्धको इच्छा नभएको बताउने गर्दछन् । यस्ता महिलालाई डाक्टरहरुले टेस्टोस्टेरोनको सुई लिने सल्लाह लेखिदिन्छन् ।

तर, अहिलेसम्मका सबै अनुसन्धानबाट यो कुरा स्पष्ट भइसकेको छ कि महिलाहरुलाई सेक्सको चाहना टेस्टोस्टेरोनसँग त पटक्कै जोडिएको छैन । यद्यपी, यसको वास्तविक कारणको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।

बच्चाहरु आफ्नो लिङ्गको विषयमा भ्रममा पर्दछन्ः

हाम्रो जीवनको सुरुवातमा आफ्नो लिङ्गको महसुस अलि कम हुने गर्दछ । धेरैजसो बच्चाले आफू छोरा हो कि छोरी भन्ने प्रश्न सोध्ने गर्दछन् । तर जतिजति उमेर बढ्छ, उनीहरुलाई आफू को हुँ भन्ने थाहा हुन्छ । यीमध्ये १० प्रतिशत यस्ता पनि हुन्छन् जो पछि गएर समलिङ्गी हुने गर्दछन् ।

यस्ता बच्चामाथि हामीले धेरै ध्यान दिन आवश्यक हुन्छ किनभने किशोर अवस्थामा यस्तो पहिचान हुँदा उनीहरुलाई डिप्रेसनतर्फ धकेल्ने गर्दछ । धेरै पटक त बच्चाहरु यी सबै कुरासँग डराएर आत्महत्या पनि गर्ने गर्दछन् ।

लिंगको पहिचानको संकट पुरानो हो

हाम्रो पुस्ताले मात्र महिला र पुरुषमाथि तोकिएको बन्देजबाट बाहिर आउने कोसिस गरेको होइन । दुई लिंगको यो विभाजनलाई चुनौती पहिले पनि दिइसकेको छ । १९ सौं शताब्दिमा फ्रेन्च कलाकार क्लाड काहुनले पनि यसलाई चुनौती दिएका थिए । उनी लूसीको रुपमा जन्मिएका थिए तर पछि उनले आफ्नो नाम परिवतर्न गरेर क्लाड राखे ।

फ्रान्समा यो नाम महिलाको पनि हुनसक्छ र पुरुषको पनि । आफ्नो लिंगको बारेमा क्लाड भन्ने गर्दथे कि उनी कहिले महिला हुन् त कहिले पुरुष । उनी आफ्नो भूमिका परिवर्तन भइरहने र आफू के हुने भन्नेमा परिस्थितीको मुख्य भूमिका रहने उनी बताउने गर्दथे ।

धेरैजसो जीवमा दुईभन्दा बढि लिंग हुने गर्दछः

हामी धेरैजसो मान्ने गर्दछौं कि धेरैजसो जनवारमा भाले पोथी हुन्छ । भालेले एक भिन्न प्रकारको व्यवहार देखाउने गर्दछ भने पोथीले भिन्न प्रकारको । त्यस्तै मानिसहरुमा पनि कोही मानिस समलिङ्गी हुन्छन् कोही द्वीलिङ्गी ।

यस्तै प्रकार जनावरमा पनि विभिन्न जात हुने गर्दछ जहाँ भाले र पोथीका साथै भिन्न लिंग भएका जनावर पनि पाइने गरिन्छ । भाले ब्लूगिल सनफिशमा पनि तीन किसिमको पाइन्छ । जब उनीहरु विपरित लिङ्गीलाई आकर्षित गर्न कोसिस गरिरहेका हुन्छन् तब त्यतिबेला उनीहरु कोही भाले साथीसँग पनि सम्बन्ध स्थापित गर्न लागिपरेका हुन्छन् ।

महिला र पुरुष बाहेक अन्य शब्द चयनः

वर्षौंदेखि अंग्रेजीमा यस्तो शब्दको खोजी भइरहेको छ जसले महिला पुरुष दुबैलाई सम्बोध गरोस् । यो वर्ष अमेरिकन डायलेक्ट सोसाइटीले यसका लागि ‘त्जभथ’ चयन गरेका छन् । हुन त ‘त्जभथ’ बहुबचनका लागि प्रयोग गरिँदै आएको छ । तर अब यसलाई कुनै पनि व्यक्तिका लागि प्रयोग गर्न पनि कसैलाई समस्या हुनु हुँदैन । आखिर यो एउटा यस्तो शब्द हो जसले ‘महिला’ र ‘पुरुष’ लाई इंगित गर्दैन ।

हामीलाई यौनसम्बन्धको आवश्यकता महसुस हुँदैनः

संसारमा यस्ता धेरै मानिसहरु सार्वजनिक भएका छन् जसले आफूलाई यौनसम्बन्धको आवश्यक नपर्ने बताउने गर्दछन् । समलैङ्गिकताले कानूनी मान्यता पाएपछि यस्तो भन्ने व्यक्तिको संख्या तीब्र रुपमा बढिरहेको छ । अमेरिकामा यस्ता मानिसहरुको संगठन, असेक्सुअल भिजिबिलिटी एण्ड एजेकेशन नेटवर्कको सन् २००३ मा मात्र ३ सय ९१ सदस्य थिए ।

अहिले यसको संख्या ८० हजार पुगेको छ । आजको संसारमा जहाँ हरेक कुरा सेक्सको चास्नीमा डुबाएर प्रस्तुत गरिन्छ त्यहाँका मानिसहरु बताइरहेका छन् कि ‘सुखी र स्वस्थ जीवनका लागि सेक्स त्यति पनि आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।