0 COMMENTS

‘ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ’, ‘धेरै पढेर आफ्नो नाम प्रशिद्ध बनाउनुपर्छ’, ‘नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन । हामी बच्चालाई यसै भन्छौं । अर्थात उनीहरुलाई बुझाउँछौं कि, ‘नाम’ भन्ने कुरा सित्तिमिती चिज होइन । चानचुने कुरा होइन । भन्छौं, ‘तिमी जीवनभर जे गर्छौं, त्यसले तिम्रो नाम उँचो बनाउनु
२. यस्तो नाम, जो अरुसँग हत्तपत्त नजुध्ने होस् ।
३. यस्तो नाम, जो अनर्थ नलाग्ने होस्
४. यस्तो नाम, जो उच्चहरण गर्न सजिलो होस् ।
५. यस्तो नाम, जो छरितो पनि होस् ।

बच्चाको नाम राख्दा परम्परा, सामाजिक नियम, पारिवारिक रीति-रिवाजलाई पनि ध्यान राख्नुपर्छ ।
सजिलो र सरल अहिले कतिपय आमाबुबाले पौराणिक पात्रको नामबाट बच्चाको नाम राखिदिने गर्छन्, जो आदर्श पात्र थिए । तर यस्ता कति नामहरु उच्चहरण गर्न सजिलो हुँदैन । कतिपय आमाबुबाले अंग्रेजी वा पश्चिमा संस्कृतिको प्रभावमा त्यही अनुसारको नाम राखिदिन्छन्, जो नेपालीमा उच्चाहरण गर्दा जिब्रो सजिलै चल्दैन । नाम राख्दा ख्याल गर्नुपर्ने कुरा के हो भने, बच्चाको नाम सजिलै उच्चाहरण गर्न सकियोस् । लेख्दा पनि सरल होस । पछि बच्चाको आवश्यक कागजात तयार गर्दा होस् वा प्रशासनिक काम गर्दा, सजिलो नाममा त्रुटी हुने वा कुनै पनि किसिमको झन्झट हुने भय हुँदैन । अप्ठ्यारो नामले कतिपय ठाउँमा अप्ठ्यारो नै पार्न सक्छ । बोल्न असजिलो हुने नाम राख्नु हुँदैन । ‘युनिक’ अर्थात पृथक नाम राख्ने चक्करमा बोल्नै गाह्रो हुने नाम राख्नु उपयुक्त हुँदैन ।

यस्ता गल्ती नगरौं
बच्चाको नाम कुनै स्थानको नामबाट नराखौं । कुनै प्रशिद्ध स्थान, शहर, नदीनाला आदिको नामबाट बच्चाको नाम नराखौं ।

हास्यास्पद नहोस्
आफ्ना बच्चाको नाम यस्तो पनि नराखौं कि, जसको अगाडि वा पछाडिको अक्षर थोरै थपघट गर्दा त्यसको अनर्थ नलागोस् । अर्थात हास्यास्पद नाम नहोस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।