0 COMMENTS

काठमाडौं३०जेठ०७५/ राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै ट्रिपरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नुरज खड्का र कमल राई रहेका छन् । सिन्धुपाल्चोक घर भएका खड्का जडिबुटी बस्दै आएका छन् भने सोलुखुमबु घर भएका राई लोकन्थली बस्दै आएका थिए ।

बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।

दुर्घटना पश्चात् ट्रिपरमा आगजनी गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए ।

आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको छ भने उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । आषिशको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।