0 COMMENTS

मिलन चाम्लिङ,धरान३०जेठ०७५/ दुई साता अगाडि नेपाल सरकारले यात्रु सिट भन्दा बढि सवारी साधनले यात्रु बोक्न नपाउने निर्णय र पेट्राेलकाे मुल्य वृद्धि गरेर १ सय१३ रुपैयाँ र डिजेल/मट्टीतेलको ९५ रुपैया मुल्य वृद्धि गरेसंगै धरानमा टेम्पू व्यावसायीले मनमौजी तरिकाले टेम्पू भाडा वृद्धि गरेको थियोे।

धरानमा लोकल टेम्पो भाडादर २० रुपैयाँ र ३० रुपैयाँ छ तर टेम्पो व्यावसायीले ५० प्रतिशतले टेम्पो भाडादर वृद्धि गरेको छ।व्यवसायीले भाडा वृद्धि गरे लगत्तै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले त्यसको विरोधमा धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्याल धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा भाडावृद्धिको विरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

विद्यार्थीहरुले गत जेठ १८ गते ज्ञापन पत्र बुझाएपछि र सबैतिरबाट वृद्धि भएको भाडादरको चर्को बिरोध हुन थाले पछी धरान उमपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा टेम्पो व्यवसायी, ट्राफिक प्रहरीको संयुक्त बैठक जेठ २० गते बसेको थियो । संयक्त बैठकले तत्काल भाडा वृद्धि नगर्ने र भाडा वृद्धि गरेको पाइएमा तत्काल कार्वाही गर्ने निर्णय गरी भाडा निर्धारणको लागी धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाको संयोजकत्वमा टेम्पो व्यवासायी, उपभोक्ता हित संरक्षण मञ्च तथा ट्राफिक प्रहरी समेत रहेको संयुक्त समिति गठन गरिएको थियो । भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट तत्काल भाडादर वृद्धि नगर्ने र यथावत भाडादरमा नै यात्रु ओसारपसार गर्ने भाडादर वृद्धि गरेको पाएमा तत्काल कार्बही गर्ने निर्णय भए पनि सरोकारवाला निकायले अनुगमन नगर्दा कार्यनयन हुन सकेको छैन । धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृतले भाडा बढाएर कसैले लिन नपाउने दाबी गरे ।

उनले यदी कसैले भाडा लिएको भए तत्काल कारवाही गर्ने समेत बताए तर अहिलेसम्म भाडा बढी लिएको भनेर एकजनालाई पनि कारवाही गरिएको छैन । टेम्पो चालकहरुले मनमौजी तरिकाले भाडा असुल्दै आएको छ चालकहरूलाई भाडादर घटेको होइन भनेर सोध्दा प्राय सबैले प्रेटोलको मूल्य र टेम्पो अगाडि मान्छे राख्न नदिएको कारण देखाउछ । कलेजहरु प्राय धरानका मुख्य चोकहरुमा नै रहेको कारण टेम्पु भाडादर वृद्धिकै कारण देउराली मंगलबारे जस्ता टाढाका विद्यार्थीहरु मारमा परेका देखिन्छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत धरान पाँच देउरालीका लुइस जेम्स राई भन्छ हामी विद्यार्थीहरुको कुनै आयस्रोत छैन प्राय टेम्पु चड्नै पर्छ दैनिक असी रुपैयाँ टेम्पु भाडामा नै खर्च हुन्छ,अलिक समाजमा हुने खाने परिवारको लागि असी रुपैया केही नहोला तर निम्न परिवारको लागि टेम्पू भाडा नै शिक्षाबाट बन्चित हुने कारण बन्लाकि भन्ने गुनासो गर्छ।त्यसतै हामी बिद्यार्थीहरुको प्राय बिहानको कक्षा हुन्छ खाजा नखाइ कलेज आएको हुन्छौ टेम्पो भाडा बचाउनको लागि भए पनि खाजा खाने पैसा खाजा नखाइ बचाउन पर्ने देउरालीको नै गेबि लिम्बू गुनासो सुनाउँछ ।२/३ रुपैयाँले बढेको भए पनि हुने ५० प्रतिशतले टेम्पो भाडा बढेकोले सामन्य रोजगारी गर्नेहरु पनि गुनासो सुनाउँछ महिना भरिको तलब सबै टेम्पो भाडामा जान्छ।धरानबाट इटहरी जान पैंतीस रुपैया गाडी भाडा धरान भित्रै लोकल भाडा चालीस रुपैयाँ छ भन्दै स्थानीयहरु गुनासो गर्छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।