0 COMMENTS

काठमाडौं२७जेठ०७५/  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको लकरभित्र तीन राउण्ड गाेली सहीलकाे पेस्तोल भेटिएको छ । अस्पतालको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

 स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना जारी गरि आआफ्नो लकरमा नाम लेख्न लगाएको थियो । तर सो लकरमा भने कसैले पनि नाम नलेखेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सो क्रममा उक्त लकर खोल्दा तीन राउण्ड गोलीसहित पेस्तोल भेटियकाे हो ।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन । लकर ६ \७ बर्षदेखि प्रयोग हुँदै आएकोले कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । काठमाण्डौँ प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।